ठूलो परिमाणमा लागुऔषधसहित एक युवक सुस्ताबाट पक्राउ

505
  • श्याम थापा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छ्न् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी प्रसौनीको सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलको नेतृत्वमा गएको गस्ती टोलीले लागुऔषधसहित बुधबार साँझ ५ बजेतिर सुस्ता गाउँपालिका वडा नम्बर २ सतपत्तीबाट बर्दघाट नगरपालिका बस्ने अन्दाजी १९ वर्षको एक युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका युवकले भारतबाट समान बोक्ने झोलामा लागुऔषध लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीको आधारमा ती युवकलाई सीमा क्षेत्रमा नियन्त्रण लिन खोज्दा सशस्त्र प्रहरीलाई देखेर भागेका थिए भने ती युवकलाई भाग्ने क्रममा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक खरेलको नेतृत्वमा गएको गस्ती टोलीले सुस्ताबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका युवकको झोला चेकजाँच गर्दा झोलाबाट अनरेक्स सिरफ ३१ बोतल, नाइट्रोभेट ८ पत्ता १ सय २० चक्की, विनस्पास्मो फोर्ट १८ सय ९० पिस जस्ता लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक खरेलले बताएका छन ।

पक्राउ परेका युवकलाई बरामद लागुऔषधसहित इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक खरेल जानकारी दिएका छ्न् भने प्रकाउ परेका युवकको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले सुस्ता सन्देशलाई बताएका छ्न् ।

Share This:
सम्बन्धित खबर
Loading...