मोबिल र इनामेलको कालोबजारी गर्ने व्यापारी पक्राउ

210

मोरङ । मोरङ विराटनगर-११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई मोबिल र इनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खेम्काको साथबाट २ सय लिटर मोबिलसहितको १५ वटा ड्रम, २० लिटरको मोबिलसहितको ३ वटा ड्रम, १० लिटरको मोबिलसहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टिकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एसियन पेन्ट लेखिएको इनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।

उनले विगत २० वर्ष अघिदेखि गोदाम भाडामा लिइ नक्कली मोबिललाई सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...