बागमती प्रदेशको सुखद अन्त्य, आर्मी १० रनले पराजित

 ‘काठमाडौं मेयर्स कप’

232
  • भाइरस

काठमाडौं । ‘काठमाडौं मेयर्स कप’ अन्तर्गत प्रतियोगिताबाट बाहिरिसकेको बागमती प्रदेशले सुखद अन्त्य गरेको छ ।

बिहीबारको खेलमा बागमतीले प्रतियोगितको फाइनलमा स्थान बनाइसकेको त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गरेको हो ।

बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी क्लब २ सय ५६ रनमा समेटियो ।

Photo : Cricket Association of Nepal-CAN

आर्मीका विनोद भण्डारीले १ सय १९ रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेन । १ सय १४ बल खेलेका भण्डारीले ७ छक्का र ८ चौकाको मद्धतमा उक्त रन बनाएका थिए ।

लोकेश बमले ४६, करण केसीले २४ तथा रोहित पौडेलले १५ रन बनाउनुबाहेक आर्मीका अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेन ।

Photo : Cricket Association of Nepal-CAN

आर्मीलाई जितबाट बञ्चित गराउन बागमतीका अरियो पौडेलले ५, रामनरेश गिरीले २ तथा पारस खड्का, नन्दन यादव र सोनु देवकोटाले समान एक–एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले दुई बल बाँकी रहँदा अलआउट हुनअघि २ सय ७७ रन बनाएको थियो ।

Photo : Cricket Association of Nepal-CAN

सुरुवातमै दुई जना ओपनरलाई सस्तैमा गुमाएको बागमतीका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले शतकीय पारी खेल्दै इनिङ्सलाई माथि उकासेका थिए ।

१ सय ३३ बलको सामना गरेका खड्काले २ छक्का र ११ चौकाको मद्धतमा १ सय १९ रनको पारी खेले । उस्तै, नन्दन यादवले ४२, इशान पाण्डेले २६, आदिल खानले २१ तथा पृथु बास्कोटाले १२ रन बनाए ।

आर्मीका सोमपाल कामी एक्लैले पाँच विकेट लिए ।

आर्मीमाथि जित हासिल गरेपनि बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । ४ खेलबाट ४ अंक जोडेको बागमती तेस्रो स्थानमा रह्यो ।

यसअघिनै प्रतियोगिताको फाइनलमा पुगेको आर्मीले शनिबार सशस्त्र प्रहरी बल (एपिएफ) सँग उपाधिका लागि भिड्नेछ । एपिएफले आजै भएको खेलमा काठमाडौं मेयर्स–११लाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...