प्रधानमन्त्री ओलीको पद दुई महिना बढी रहँदैन : राई

538

खोटाङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री पद दुई महिनाभन्दा बढी नरहने बताएका छन् ।

खोटाङको दिक्तेल बजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले यस्तो बताएका हुन् । जसपा जिल्ला प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक घटनाले त्यस्तो अवस्था सिर्जना भएको उनले जनाए ।

नेपालको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने यात्राबाट प्रधानमन्त्री ओली प्रतिगमनको बाटोमा लागेको नेता राईको आरोप छ । विकसित राजनीतिक घटनाक्रमले जसपालाई किङ मेकर बनाएको भन्दै आफ्नो पार्टी सोच विचार गरेर मात्र अगाडि बढ्ने कुराको जोड दिए ।

नेपालको राजनीतिक ध्रुविकरणको दिशामा अगाडि बढेको बताउँदै नेता राईले अब आफ्ना पार्टीको नीति र विचारअनुसार शर्तहरु अगाडि राख्दै शसर्त सरकारमा सामेल हुन सकिने सम्भावना रहेको राईको भनाइ छ । नेता राईले सबै राजनीतिक दलहरु जसपालाई प्रधानमन्त्रीको नेतृत्व दिन तयार रहे जसपाले लिन पनि तयारी रहेको सुनाए ।

Share This:
सम्बन्धित खबर
Loading...