पछिल्लाे २४ घन्टामा १०४ जना कोभिड–१९ संक्रमित थपिँदा ६३ जना कोरोनामुक्त

167

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ४ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ५८ पुरुष र ४६ महिला गरी कुल १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको छ । यीमध्ये ९ सय ११ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ६३ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार १ सय ५० जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...