माधव नेपालको वरीयता घटुवा

523

काठमाडौं । सर्वोच्च अदाललतको फैसलाबाट नेकपा एमाले पुनःस्थापित भएसँगै वरिष्ठ नेता माधव कुमार नेपालको वरियता घटुवा भएको छ ।

शुक्रबार सम्म विभाजित नेकपाको एउटा पक्षको अध्यक्ष रहेका नेपाल एमाले ब्युँतिएसँगै झलनाथ खनालभन्दा तल्लो वरीयतामा घटुवा भएका हुन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा प्रचण्डपछिको दोस्रो कुर्सीमा नेपाल बसेका थिए ।

बुधबारको बैठकमा भने सत्तापक्ष एमालेका सांसदहरु बस्ने लहरको पहिलो सिटमा झलनाथ खनाल बसे भने त्यसपछि नेपाल बसेका थिए ।

एमालेमा निवतर्मान पार्टी प्रमुख अध्यक्षपछिको वरिष्ठतामा रहने भएकाले झलनाथ खनालको वरीयता स्वतः नेपालभन्दा माथि परेको हो ।

एमाले–माओवादी एकीकरणपछि बनेको नेकपामा सुरुमा ओली र प्रचण्डपछि नेपाललाई तेस्रो वरीयतामा राखिएको थियो । पछि ओलीको प्रस्तावमा झलनाथ तेस्रो वरीयतामा पारेर नेपाललाई चौथो वरीयतामा झारिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...