हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा

580

काठमाडौं । हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा आएको छ । पुरानो बानेश्वरस्थित हेल्थ वाइज पोलिक्लिनिकको उद्घाटन पूर्वप्रदेश प्रमुख एवं सिएनएन हिरो २०१०, माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले मंगलबार पोलिक्लिनिकको गरेकी हुन् ।

उद्घाटन समारोहमा बोल्दै कोइरालाले पोलिक्लिनिकका कर्मचारी र सञ्चालक समितिको प्रशंसा गरेकी छन् ।

नेपालमै नयाँ र फरक कार्यको सुरुवात गरेको भन्दै उनले भनिन्, ‘ जहाँसम्म मलाई लाग्छ नेपालमा यस्ता पोलिक्लिनिकहरु थोरै संख्यामा छन्, त्यसमा पनि उच्च शिक्षा लिएका युवा वर्गहरु बाहिरिने समस्या रहेको हाम्रो देशमा पछिल्लो समय स्वदेशमै केही गर्छौ भन्ने युवा वर्गहरुको जमात बढ्दै गएको देख्दा खुशी लाग्छ । यस टोलीलाई शुभकामना ।’

सरकारले पनि स्वास्थ्य क्षेत्रमा थप प्रोत्साहन र साथ दिनुपर्नेमा कोइरालाले जोड दिइन् ।

पोलिक्लिनिकले कसमेटिक सर्जरी, टाउकोमा कपाल रोप्ने, प्लाष्टिक सर्जरीलगायतका सेवा उपलब्ध गराउने सञ्चालक विजय भट्टराईले बताए ।

‘यो नेपालमै पहिलो पटक लेजरबाट ट्रिटमेन्ट र सर्जरी गर्ने पोलिक्लिनिक हो र अब यस उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटेको छ’ भट्टराईले भने ।

पोलिक्लिनिकमा उच्च स्तरीय सुविधासहित लामो समयको अनुभव भएको विशेषज्ञबाट सेवा उपलब्ध गराइने उनले बताए ।

कार्यक्रममा अनुराधा कोइराला, चिकित्सक संघका पुर्व अध्यक्ष डा. अन्जनी कुमार झा, सञ्चालकहरुको समितिको उपस्थिति थियो ।

Share This:
सम्बन्धित खबर
Loading...