किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ

265

भक्तपुर । यही फागुन ११ देखि १४ गतेसम्म् मध्यपुरथिमि नगरपालिका-३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा धनगढी नगरपालिका-४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ ।

पीडित वर्ष १७ की बालिकालाई विभिन्न प्रलोभनमा पारी विवाह गर्छु भन्दै कोठमा ल्याइ उदयपुर गाईघाटकी किशोरीलाई जबर्जस्ती करणी गरेको पीडित बालिकाले यही २१ गते जाहेरी दिएकी थिइन् ।

किशोरीले जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशलटारस्थित कोठबाट पक्राउ गरेको महानगरीइ प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सोमबार प्रहरीले भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही अगाडि बढाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...