यामाहा द ह्विल्स प्रालिको अगुवाइमा भक्तपुरमा वृक्षारोपण

273

काठमाडौं । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता एमएडब्लु इन्टरप्राइजेजको यामाहा द ह्विल्स प्रालिको अगुवाइमा भक्तपुरको सल्लाघारी क्षेत्रमा हरियाली अभियानको काम सुरु गरिएको छ । एमएडब्लु इन्टरप्राइजेजकोको सामाजिक कार्यका लागि गठित एमएडब्लु फाउण्डेसनको (वान डिलर वान इनिसियसन) एक डिलर एक सामाजिक काम अन्तर्गत यो काम सुरु भएको हो ।

यामाहाको भक्तपुरको लागि आधिकारिक विक्रेता यामाहा द ह्विल्स प्रालिको एक डिलर एक इनिसियसन योजना अन्तर्गत यामाहा भक्तपुरको अगुवाइमा यो काम सुरु भएको हो । यो काममा स्थानीयबासी, युवा, व्यवसायी, व्यापारीहरुले पनि साथ दिएका छन् । यसका लागि भक्तपुर र सूर्यविनायक नगरपालिका तथा सडक विभाग कटुञ्जे भक्तपुरले पनि सहयोग गरेको थियो । हरियाली कायम गर्न वृक्षारोपन तथा दुबो रोपिएको थियो ।

यामाहाको भक्तपुरका लागि आधिकारिक वितरक यामाहा सोरुम सल्लाघारी भक्तपुरका प्रबन्ध निर्देशक सुरेश कवांंले आफनो ठाऊँ आफैँ बनाऔँ भन्ने हिसावले सवैको सहयोगबाट सल्लाघारी चोकदेखि आकाशे पुलसम्मको दुई सय मिटरको राजमार्गको उतरतिरको राजमार्ग छेउमा हरियाली प्रवर्द्धन गर्न वृक्षारोपन र दुबो रोपिएको जानकारी गराए ।

योजना अन्तर्गत पहिलो पटक हेज जातको ७० वटा र गोल्डेन धुपी जातका २० वटाको वृक्षारोपन गरिएको छ । साथै करिब दुई हजार वर्ग फिट दुबो रोपिएको छ । आगामी दिनमा सरोकारवालाहरुसँग मिलेर अझ यो क्षेत्रलाई सम्बृद्ध बनाउने योजना रहेको कवांले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...