कोरोना अपडेट : थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

237

काठमाडौं । पछिल्लो २४ घन्टामा ८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ३ सय ९९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ४९ पुरुष र ४० महिला गरी कुल ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ८९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । यीमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ४१ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ४१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ९ सय २७ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा थप एक जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ११ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...