काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार सर्वोच्च अदालतको पछिल्लो फैसलाबारे छलफल गर्न बैठक आज बिहान ११ बजे बोलाइएको हो ।
“सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थाथी कमिटीको बैठकबाट निर्णय लिइनेछ ।” उनले भने ।
सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा परेको छ । साविककै एमाले र माओवादी केन्द्र ब्युतिने फैसला अदालतको छ ।