शीर्ष स्थानको एट्लेटिको रियलसँग बराबरीमा रोकियो

135

एजेन्सी । स्पेनिस लिग ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड रियल मड्रिडसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले पहिलो हाफको १५औँ मिनेटमा फर्वाड लुइस स्वारेजको गोलबाट अग्रता लिएको थियो । स्वारेजले रियका पूर्वखेलाडी मार्कोस लोरेन्टेको पासमा गोल गरेका थिए ।

पहिलो हाफको १५औँ मिनेटमा १० गोलले पछि परेको रियलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो ।

खेल सकिन २ मिनेट बाँकी रहँदा रियलका फर्वाड करिम बेञ्जेमाले गोल गर्दै बराबरीमा ल्याए । एट्लेटिकोले बलमा पकड गुमाएपछि अघि बढेको आक्रामणमा बेञ्जेमाले कासिमिरोसँग वान टु वान खेल्दै सहज गोल गरे ।

बराबरी खेलेको एट्लेटिको २५ खेलबाट ५९ अंकसँगै शीर्षस्थानमा कायमै रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ तथा रियलको ५४ अंक रहेको छ ।

गएराति भएको अन्य खेलमा सेल्टा भिगो, रियल सोसिडाड र एट्लेटिको क्लब आआफ्नो खेलमा विजयी भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...