तीन महिने सीपमूलक सौन्दर्य कला तालीम सुरु

267

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा आज एक कार्यक्रमबीच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर र अशक्त प्रहरीका आश्रित परिवारका लागि विराटनगर र धरानमा सञ्चालन हुने “सीपमूलक सौन्दर्य कला (ब्युटिसियन) तालीम” को संयुक्त शुभारम्भ गरिएको छ ।

प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा सञ्चालन हुने उक्त ३ महिना अवधिको सौन्दर्य कला (ब्युटी पार्लर) तालीमको समुदघाटन गर्दै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष सृजना थापा कार्कीले बहालवाला, अवकाश प्राप्त तथा अमर/अशक्त प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सीपबाट आय/आर्जन बढ्न जाने र आश्रित परिवार तथा सन्ततिको वृत्ति विकासमा समेत टेवा पुग्ने अभिप्रायले यस्ता सीपमूलक तालीम सञ्चालन गरिएको बताइन् ।

तस्बिर : १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर

उक्त सौन्दर्य कला (ब्युटिसियन) तालीमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट मात्रै प्रदान गरिँदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप तेश्रो समूहको तालीमलाई धरानबाट समेत सञ्चालन गरिएको हो ।

दुवै स्थानमा आजदेखि सञ्चालन हुने तालीममा ३५ जना प्रहरी परिवार प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...