प्रतिनिधिसभा बैठक २६ गतेसम्मका लागि स्थगित

323

काठमाडौं । पुनःस्थापित संसद बैठकको पहिलो दिननै अवरुद्ध बनेको छ । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहले बहिष्कार गरेपछि फागुन २६ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका सांसदले अध्यादेश फिर्ताको माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । पुनः बैठक अघि बढाउन नसक्ने स्थिति भएपछि संसद बैठक २६ गतेसम्मका लागि स्थगित भएको हो ।

सरकारले ल्याएका अध्यादेश फिर्ताको माग गर्दै नेपाली कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षले संसद अवरुद्ध गरेका थिए ।

नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशबारे सदनमा विरोध जनाउँदै संसद बहिष्कार गर्दै नाराजुलुस लगाएका थिए ।

यसअघि प्रचण्ड–नेपाल पक्षले पनि अध्यादेश असंवैधानिक तवरले आएको भन्दै विरोध जनाएर सदन छाडेर हिँडेका थिए ।

सदनमा अध्यादेश प्रवेश गर्न नसक्ने भन्दै सचेतक बालकृष्ण खाँडले अविलम्ब अध्यादेश फिर्ता लिनसमेत माग गरेका छन् ।

नाराबाजीका बीच कानुनमन्त्री लिलानाथ श्रेष्ठले सदनमा अध्यादेश पेस गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...