पछिल्लो २४ घन्टामा थप ४७ नयाँ संक्रमित, ६२ जना कोरोनामुक्त

472

काठमाडौं । पछिल्लो २४ घन्टामा ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ५ सय ३५ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ३३ पुरुष र १४ महिला गरी कुल ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ । यीमध्ये ८ सय १७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ६२ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ८ सय २८ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...