एन्टिगुवा । वेष्ट इन्डिजविरुद्धको दोस्रो टी–२० क्रिकेटमा श्रीलंका ४३ रनले विजयी भएको छ । जितसँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ ।
श्रीलंकाले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इन्डिजले १८.४ ओभरमा १ सय १७ रन मात्र बनाउन सक्यो ।
वेष्ट इन्डिजका ओवेद म्याकक्वेले २३, लेन्डल सिमोन्सले २१, क्रिस गेलले १६, किरोन पोलार्डले १३ तथा फावियन अलेनले १२ रन जोडे ।
वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लक्षण सन्दकन र वनिन्डु हसरंगले समान ३–३ तथा दसमन्थ चामीराले २ विकेट लिए ।
एन्टिगुवामा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।
राम्रो सुरुवात गरेको श्रीलंकाका लागि पहिलो विकेटको रुपमा दनुस्क गुनतिलका र पथुन निसंकाले ९५ रनको अर्धशतकीय पारी खेले । गुनतिलकाले ५६ तथा निसंकाले ३७ रनको योगदान दिए ।
यस्तै, असिन बन्दराले २१, वनिन्दु हसरंगले नटआउट १९ रन बनाए ।
जितसँगै श्रीलंकाले तीन खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको छ । दुई टोलीबीचको निर्णायक खेल आइतबार सोही मैदानमा हुनेछ । यसअघि भएको पहिलो टी–२० मा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको थियो ।