विप्लव समूहका नेता पुन र कुमाल रिहा

307

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको तीनबुँदे सहमति सार्वजनिकसँगै शुक्रबार सो पार्टीका नेता ओमप्रकार पुन र विवेक कुमाल कैलाली कारागारबाट रिहा भएका छन् ।

सो पार्टीका पूर्व सेती महाकाली ब्यूरो इञ्चार्जसमेत रहेका पुन गत साउनमा पक्राउ परेका थिए । कारागारबाट रिहा पछि उनले आफूहरुको राजनीतिक कार्यसूचि परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए ।

नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई संगठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...