कोरोना अपडेट : १२० जना संक्रमित थपिँदा ८६ जना संक्रमणमुक्त

258

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ६ हजार १ सय ४३ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ६९ पुरुष र ५१ महिला गरी कुल १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय २० जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ । यीमध्ये ८ सय ३२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ८३ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ७ सय ६६ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...