न्युजिल्यान्डमाथि अष्ट्रेलिया ५० रनले विजयी

245

वेलिङ्टन । न्युजिल्यान्डविरुद्धको चौथो टी–२० सिरिजमा अष्ट्रेलिया ५० रनले विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले पाँच खेलको टी–२० सिरिजमा २–२ को बराबरी गरेको हो ।

वेस्टप्याक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान आरोना फिन्चले अविजित ७९ रनको योगदान दिए । ५५ बल खेलेका फिन्चले ४ छक्का र ५ चौकाको मद्धतमा उक्त रन बनाए ।

यस्तै, मर्कूस स्टोइनिसले १९, ग्लेन म्याक्सवेलले १८, म्याथ्यू वेडले १४ तथा जोस फिलिप्सले १३ रन जोडे ।

न्युजिल्यान्डका इश सोधीले ३ र ट्रेन्ट बोल्टले २ विकेट लिए ।

१ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली न्युजिल्यान्डले १८.५ ओभरमा अलआउट हुँदै १ सय ६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका काइल जेमिन्सनले ३०, टिम सेफर्डले १९ तथा डेवोन कोनवेले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीयरुपमा रन बनाउन सकेन ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलयाका केन रिचर्डसनले ३ तथा एस्टोन अगर, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान दुई–दुई विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले पाँच खेलको टी–२० सिरिजमा २–२ को बराबरी गरेको छ । दुई टोलीबीचको निर्णायक खेल आइतबार हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...