नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक आज

683

काठमाडौं । संसद पुनःस्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्धामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ भने ओली समूहले शनिबार दिउँसो दलको बैठक बोलाएको छ ।

प्रचण्ड–नेपाल समूहले आज बोलाएको बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वासका प्रस्तावबारे छलफल हुने नेताहरुले बताएका छन् । सो समूहले यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

यसैगरी, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै बस्दैछ । कांग्रेसले शुक्रबार दिउँसो २ बजेलाई दलकाे बैठक बोलाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...