सङ्खुवासभाबाट यू–१३ फुटबल छनोट टोलीको बिदाई

441

खाँदबारी । एन्फा एकेडेमी फुटबल छनाेट खेलका लागि सङ्खुवासभाबाट छनोट भएका १३ वर्षमुनिका १२ जना खेलाडीलाई खाँदबारी नगरपालिकाले बिहीबार बिदाई गरेको छ ।

फागुन २१ र २२ गते धरानमा हुन लागेको प्रदेश स्तरीय छनोट खेलको लागि जिल्लाका १२ जना खेलाडीलाई बिदाई गरेको हो । खेलाडी प्रदेशबाट छनौट भई केन्द्रीय छनाेटका लागि फागुन २८ र २९ गते काठमाडौंमा सहभागि हुने जनाएको छ ।

खाँदबारी नगरपालिका कार्यालयमा एक कार्यक्रम आयोजना गरी खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, शिक्षा तथा खेलकुद शाखाका प्रमुख दिपकमणि घिमिरे, जिल्ला फुटबल संघका अध्यक्ष भरत कुमार घिमिरेलगायतले खेलाडीलाई बिदाई गरे ।

कार्यक्रममा बोल्दै खाँदबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख दिपकमणि घिमिरेले खेलाडीलाई प्रतिभा देखाएर राष्ट्रियस्तरसम्म चिनाउन शुभकामना व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...