अवैधरुपमा क्यासिनो खेल्ने खेलाउने २३ लाखसहित १० जना पक्राउ

276

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर-१३ ताहाचालस्थित प्लाटिनम होटलबाट ठूलो परिमाणमा नगदसहित १० जना पक्राउ परेका छन् ।

अवैधरुपमा क्यासिनो खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्लाटिनम होटलको ग्राउण्ड फ्लोरमा रहेको क्यासिनो सिएमजीबाट प्रहरी टोलीले नगद रु २२ लाख ९६ हजार ९ सय ८० सहित १० जना पक्राउ गरे प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए ।

एसपी बस्नेतकाअनुसार पक्राउ पर्नेहरुमा भारतको विहार मोतिहारीका ३८ वर्षीय रञ्जित कुमार जैसवाल, ३५ वर्षीय सोहन प्रसाद वर्ष, विहार बेतियाका ४२ वर्षीय मुमताज मिँया, कोलकाता मेडनापुरका ५० वर्षीय शेख मुर्तुजा अली, धनुषा जनकपुर उपमहानगरपालिका-१३ का ३२ वर्षीय राज कुमार सिंह र बारा बारागढी नगरपालिका-६ का ३७ वर्षीय टिन्कु प्रसाद रहेका छन् ।

यसैगरी, खेलाउनेहरुमा काठमाडौं महानगरपालिका-२२ का ६३ वर्षीय महेश मल्ल वर्ष (म्यानेजर), सर्लाही ईश्वरपुर नगरपालिका-९ का ५२ वर्षीय कमल देव चौधरी (सहायक म्यानेजर), सर्लाही बरथहवा-४ का २३ वर्षीय अजय यादव (एडिमिन स्टाफ) र बरथहवा-११ का ४१ वर्षीय सचिन वाग्ले (क्यासियर) रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...