स्नातकोत्तर अध्ययनका लागि श्रृङ्खला खतिवडा अमेरिका जाँदै

361

काठमाडौं । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने भएकी छन् । उनी अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि छनोट भएकी हुन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ग्राजुएट स्कुल अफ डिजाइजमा आफू छनोट भएको जानकारी गराएकी हुन् । इञ्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृङ्खला त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन् ।

उनी केही समयमा अमेरिका जाने भएकी छन् । पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी श्रृङ्खला सन् २०१८ को मिस नेपाल हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...