गोंगबुमा हत्या प्रकरण : कल्पना मुडभरीलाई आजीवन काराबास, छोरीले सफाइ पाइन्

460

काठमाडौं । गत साउन २५ गते गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँकेको अभियोगमा पक्राउ परेका कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

जिल्ला अदालत काठमाडौंले बोहराको हत्याको ठहर गर्दै कल्पनालाई आजीवन कारावासको सजाय सुनाएको हो ।

रोल्पा रून्टीगढी गाउँपालिका–७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेर फालेकी थिइन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएका हुन् ।

त्यस्तै कल्पनाकी छोरी नाबालक रहेकाले सफाइ फाएकी छन् । कल्पनाले छोरीलाई सहयोगीका रुपमा प्रयोग गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...