पछिल्लो २४ घन्टामा ८७ संक्रमित थपिँदा ६२ जना कोरोनामुक्त

247

काठमाडाैं । पछिल्लो २४ घन्टामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ३ सय ९९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ८७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ८१ पुगेको छ । यीमध्ये ७ सय ६६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ६२ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ६ सय ५ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा थप एकको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...