माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते

156

मोरङ । मोरङ सुनवर्षी नगरपालिका-४ गान्धी आश्रम बस्दै आएकी २० वर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो साढे १ बजे सुनवर्षी-१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको हो ।

उनीसँगै गएका सोही स्थान बस्ने ९ वर्षीया मनिका यादव र ५५ वर्षीया झोलीया यादवसमेत घाइते भई रंगेली अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...