कोरोना अपडेट : २४ घन्टामा ७३ जना संक्रमित थपिँदा ६४ जना कोरोनामुक्त

243

काठमाडौं । पछिल्लो २४ घन्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ४९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ७३ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ । यीमध्ये ९ सय ६७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ६४ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६४ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ४ सय ७१ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार मृत्यु भएका ३ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...