बन्धक बनाइ फिरौती रकम माग गर्ने तीन जना पक्राउ

399

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाइ परिवारसँग १० लाख फिरौती रकम माग गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-२० का २० वर्षीय रोहित पण्डित, विराटनगर-१६ का २१ वर्षीय अजय यादव र विराटनगर-६ की २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।

उनीहरुले शनिबार दिउँसोदेखि कामतलाई बन्धक बनाएको र फिरौती बापत परिवारसँग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घन्टा भित्रै कामतलाई विराटनगर-६ बाट सकुशल उद्धार गरेको थियो ।

मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...