झापाबाट ओलीको प्रचण्ड–नेपाललाई ओलीको चुनौती : ‘प्रधानमन्त्रीबाट हटाएर देखाउनुस्, दुई तिहाइ भोट ल्याएर देखाइदिन्छु’

295

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीबाट हटाउनका लागि दौडधुप गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले पदबाट हटाउन खुला चुनौती दिएका हुन् ।

झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गदै ओलीले आफूमाथि जनताको विश्वास भएकाले प्रधानमन्त्री पदबाट कसैले हटाउन नसक्ने दाबी गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुसँग भएको भेटवार्ताले प्रचण्ड–नेपाल निराश बनेको भन्दै लड्डु खाएर खुशियाली मनाउनुको कुनै अर्थ नभएको बताए ।

प्रचण्ड–नेपाल भारतका लागि कम्फर्टेबल सरकार बनाउन चाहिरहेको भन्दै उनले देश विकास गर्ने भयो भनेर अतालिएको बताए ।

आफूहरुले देशका लागि धेरै विकास गरिरहेको दावी गर्दै उनले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...