न्युजिल्यान्डको सान्त्वना जित

225

डुनेडिन । इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्ड ७ विकेटले विजयी भएको छ । जितसँगै तीन खेलको एक दिवसीय सिरिज क्लिन स्विप हुनबाट बचाएको छ । पराजित इंग्ल्यान्डले सिरिज २-१ ले जितेको छ ।

युनिभर्सिटी ओवलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली इंग्ल्यान्डले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।

इंग्ल्यान्डका टमी ब्युमोन्टले ८८, हिथर नाइटले ६०, एकी एलिन जोन्सले १५ रनको योगदान दिइन् ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका एमिलिया केरले ४, सोफी डिभाइन र जेश केरले समान २२ विकेट लिइन् ।

२ सय २१ रनको लक्ष्य पछ्याएको घरेलु टोली न्युजिल्यान्डले ४६.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

सुरुवाती तीन विकेट सस्तैमा गुमाएको न्युजिल्यान्डको जितमा एमी र एमेलिया केरले शतकीय साझेदारी गरिन् ।

एमी सटरथवेटले शतकीय पारी खेलिन् । १ सय २८ बलको सामना गरेकी उनले २ छक्का र १० चौकाको मद्धतमा १ सय १९ रनको योगदान दिइन् । यस्तै, एमेलिया केरले ७२ रनको अविजित पारी खेलिन् ।

Share This:
सम्बन्धित खबर
Loading...