काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले महिलाहरुमाथि नै आक्षेप लगाएपछि ओली पक्षका नेता कोमल वलीले गम्भीर आपत्ति जनाएकी छन् ।
सार्वजनिक कार्यक्रममा नेता पन्तले लामो समयदेखि पार्टीमा क्रियाशील महिलाहरुले टिकटसमेत नपाएको र कोमल वलीले सारी सरक्क पारेर गोरो पिँडुला देखाएको भरमा सांसद भएको टिप्पणी गरेका थिए ।
नेता पन्तले कोमल वलीलाई पार्टीमा कुनै योगदान नै नभएको भन्दै योगदान भएका महिलाहरुलाई केपी शर्मा ओलीले विभेद गरेको आरोप लगाएका थिए ।
हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाेरहेछ भन्ने बल्ल खुलेकाेछ।पंतजीलाई मेराे प्रश्न,तपाईकाे पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नुभएकाे हाे?केयाे देशमा महिला कुनै पदमा पुग्न तपाईकाे जस्ताे दरिद्रसाेचकाे सिकार हुनुपर्छ।
— Komal Oli (@OliKomal) February 27, 2021
नेता पन्तको सार्वजनिक अभिव्यक्तिपछि सांसद समेत रहेका नेता वलीले आफूहरुले नेता मानेका रघुजी पन्त निच रहेको खुलेको बताएकी छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ।’
उनले पन्तलाई प्रश्न गर्दै भनेकी छन्, ‘तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ?’
उनले ट्वीट गर्दै यस्तो लेखेकी छन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ । पन्तजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? केयो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ ?’