काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिखित जबाफसहित सर्वोच्च अदालत जाँदैछन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जबाफसहित आइतबार सर्वोच्च अदालत जान लागेका हुन् ।
अधिवक्ता समिर हायुले प्रचण्डमाथि अदालत अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जबाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना नभए जनअदालतबाट फैसला हुने र न्यायाधीशहरुको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए ।