ट्याक्टर दुर्घटनामा सह चालकको मृत्यु

226

मोरङ । सुनसरी इटहरी-३ का १८ वर्षीय गजेन्द्र राईको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

शनिबार बिहान ०८ बजे मोरङ केराबारी-५ स्थित भित्रि सडकखण्डमा को२त ५५०० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक गजेन्द्र राई गम्भीर घाइते भएका थिए ।

घाइते राईको धरान घोपामा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्याक्टर र चालक इटहरी ३ का २७ वर्षीय राम दर्जी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...