कोरोना अपडेट : पछिल्लो २४ घन्टामा ८१ जनामा संक्रमण पुष्टि, २ जनको मृत्यु

137

काठमाडौं । पछिल्लो २४ घन्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ८ सय २४ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ८१ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ६५ पुगेको छ । यीमध्ये ९ सय ६७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ४८ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ४८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ३ सय २५ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा २ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार मृत्यु भएका २ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...