भारतीय रुपैयाँसहित एक जना पक्राउ

224

मोरङ । ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत अररियाथाना नरपथगञ्ज पोष्ट तलासी–१० का ३४ वर्षीय सञ्जय सिंह रहेका छन् ।

मोरङको विराटनगर–१७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउँदै गरेका सिंहलाई बिहीबार पौने ५ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहको साथबाट भारतीय ५ सय दरको नोट ३ सय ८८ थान र दुई हजार दरको नोट २६ थान गरी २ लाख ४६ हजार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

श्रोत नखुलेको उक्त परिमाणको रकमसहित पक्राउ परेका सिंहलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...