अमेरिकामा भेटियो अनौठो चरा ‘आधा भाले, आधा पोथी’
एजेन्सी । अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन् ।
उनका एकजान साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामेरामा उक्त चराको तस्बिर लिएका थिए । द्विलिङ्गी वा उभयलिङ्गी चराहरु दुर्लभ हुन्छन् ।
भाले कार्डिनलहरु चम्किलो रातो रंगका हुन्छन् भने पोथी फिक्का खैरो रंगका हुन्छन् । यी रंगको मिश्रणले चरा द्विलिङ्गी भएको संकेत गर्न सक्छ ।
अवकासप्राप्त जेमी हिलले बीबीसीलाई भने, “यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो ।”
हिलका साथीले उनलाई उनले एउटा अस्वाभाकि चरा देखेको बतएकी थिइन् । सुरुमा हिलले उक्त चरा ‘लुसिस्टिक’ होला भन्ठानेका थिए ।
चराले आफ्नो प्वाँखमा हुनुपर्ने रंग अर्थत् पिग्मेन्टेसन गुमाएको अवस्थामालाई ‘लुसिसिजम’ अर्थात् ‘पाण्डु’ भनिन्छ । उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन ।
तर मोबाइलमा तस्बिरहरु हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यन्ड्रोमर्फिजम’ भएको हुनसक्ने आशंका गरेका थिए । ‘बाइल्याटरल गाइन्यन्ड्रोमर्फिजम’ भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन् ।
उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए । एक घन्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए ।
“घरमा पुगेर वास्तवमै केका तस्बिरहरु थिए भनेर नहेरुञ्जेल फोटो खिचेको पाँच घन्टासम्म मेरो मुटु ढुकढुक गरिरह्यो ।” उनले भने ।
“मैले करिब दुई दशकदेखि लोपोन्मुख हात्तीदन्ते काठफोरा एकखाले लाहाँचे चरा खोजिरहेको थिए । तर हाम्रो घरपछाडि पाइने एउटा सामान्य चराको दुर्लभ अवस्थाको तस्बिर लिइरहँदा म काठफोरा भेटे बराबर नै उत्सिाहित छु ।”
आधा भाले र आधा पोथीकोरुपमा भएका चराहरु भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोइ विश्वविद्यालयका प्राध्यापक ब्रायन पियर बताउँछन् । उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरुमा बाइल्याटरल गाइन्यन्ड्रोमर्फिजमको सर्वेक्षण गरेका छन् ।
शुक्रकिटले डिम्बलाई निषेचन गरेपछि भ्रुण बन्न कोषहरु विभाजन हुने क्रममा त्रुटि हुँदा यस्तो अवस्था आउने उनी बताउँछन् ।
श्राेत : बीबीसी