मन्त्रिपरिषद बैठक : फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस

121

काठमाडौं । मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार, फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । सो आदेश कार्यान्वयनका लागि प्रतिवद्ध रहेको प्रधानमन्त्रीले बताइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...