वामदेव गौतम बालुवाटारमा : प्रधानमन्त्री ओलीसँग पार्टी एकता विषयमा छलफल

190

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ ।

अहिले बालुवाटरमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच फलफल चलिरहेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एक समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदन कुनै समूहमा नखुली एकता अभियानमा लागेका गौतम सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधि सधा पुनस्स्थापना गरेपछि एकताको पहलमा थप सक्रिय भएका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनापछि सत्ता समीकरणको प्रयास गर्दै गर्दा गौतमले पार्टी एकतामा जोड दिँदै आएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेसको साथ लिएर सत्ता गठबन्धन गर्ने तयारी गरिराखेको छ । प्रधानमन्त्री ओलीलेसमेत प्रचण्ड–नेपाल समूहलाई पाखा लगाएर सत्ता गठबन्धनका लागि कांग्रेससँग छलफल अगाडि बढाएका छन् ।

कांग्रेसले भने नेकपा पार्टी विभाजन भइनसकेको अवस्थामा कुनै समूहलाई समर्थन गर्ने अवस्था नरहेको बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...