इगा स्वीएटेक एडिलेड इन्टरनेसनलको फाइनलमा

337

एडिलेड । इगा स्वीएटेक एडिलेड इन्टरनेसनल टेनिस प्रतियोगितको फाइनलमा प्रवेश गरेकी छन् ।

शुक्रबार मेमोरियल ड्राइभ सेन्टर कोर्टमा भएको पहिलो सेमिफाइनलमा इगाले स्वीट्जरल्यान्डकी जिल टेकमनलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेकी हुन् ।

पाँचौँ वरियताकी पोल्यान्डकी इगा स्वीएटेकले जिललाई खेलमा फर्कने अवसर दिइनन् । उनले ६–३ र ६–२ को सोझो सेटमा पाखा लगाइन् ।

इगाले कोको गउफ र बेलिन्डा बेन्सिकबीच दोस्रो सेमिफाइनको विजेतासँग उपाधिका लागि भिड्नेछिन् ।

Share This:
सम्बन्धित खबर
Loading...