बीस वर्षअघि आजकै दिनमा विश्वले गुमाएको थियो क्रिकेटका ‘डन’

192

एजेन्सी । क्रिकेट पिचका ‘डन’ सर डाेनाल्ड जर्ज ब्राडम्यानले २० वर्ष पहिले आजकै दिन संसारबाट बिदा लिएका थिए । २५ फेब्रुअरी २००१ मा ९२ वर्षको उमेरमा निमोनियाका कारण डन ब्राडम्यानको मृत्यु भएको थियो ।

टेष्ट क्रिकेटमा उनको ब्याटिङ औषत ९९.९४ मात्र नभएर उनले विश्व क्रिकेटमा बनाएको कीर्तिमानले अझ रोमाञ्चित बनाएको छ ।

अष्ट्रेलयिको घरेलु प्रथम श्रेणी क्रिकेट प्रतियोगिता (शेफिल्ड शिल्ड)मा ब्राडम्यानले १९२७–१९४९ सम्म ९६ खेलमा ११०.१९ को औषतमा रन बनाए , टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध उनको औषत २०१.५० रहेको छ ।

प्रथम श्रेणी क्रिकेटमा डन ब्राडम्यानले ७ तेहोरो शतक प्रहार गरेका थिए ।

५२ टेष्टको ८० पारीमा ६ सय १८ चौका प्रहार गरेका थिए भने मात्र ६ छक्का हिर्काएका थिए । टेष्टमा उनले प्रत्येक ६.६६ पारीमा एक दोहोरो शतक बनाए ।

डन ब्राडम्यानले २० वर्षको उमेरमा टेष्ट क्रिकेटमा डेब्यु गरे । त्यो समयको महत्वपूर्ण यो छ कि उनको साथ डेब्यु गर्ने ब्रेट आइरनमान्गर ४६ वर्षका थिए । आइरनमान्गर त्यो समयमा अष्ट्रेलियको तर्फबाट टेष्टमा डेब्यु गर्ने सबैभन्दा धेरै उमेरका खेलाडी थिए ।

सातौँ नम्बरमा डेब्यु खेलमा ब्याटिङ गर्न उत्रिएका डन ब्राडम्यानले पहिलो पारीमा १८ रन तथा दोस्रो पारीमा छैटौँ नम्बरमा ब्याटिङ गर्दै मात्र एक रन बनाएका थिए ।

डन ब्राडम्यान केवल चार रनले टेष्ट क्रिकेटमा १ सय रनको औषत हासिल गर्न पाएनन् । डन ब्राडम्यान आफ्नो अन्तिम पारी खेल्नका लागि मैदानमा उत्रिएका थिए ।

१०० प्रतिशत औषत हासिल गर्नका लागि उनलाई चार रन चाँहिएको थियो । इंग्लिस लेग ब्रेक गुगली बलर एरिक होलिजले ब्राडम्यानको अन्तिम पारीमा शून्य रनमा बोल्ड गरेका थिए र उनको औषत ९९.९४ अंकमा रोकिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...