काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षकाे स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।
बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अब के गर्ने ? भन्ने विषयमाथि छलफल जारी रहनेछ ।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदमा अविश्वास प्रस्तावको सामना गर्ने विषयमा छलफल भएको थियो ।
विश्वासको मत जित्नका लागि पर्याप्त छलफल र बहस गर्ने पनि स्थायी कमिटी बैठकको तयारी छ ।
त्यस्तै अदालतको आदेश अनुसार अगाडि बढ्ने र तोकिएकै समयमा प्रतिनिधि सभाको अधिवेशन बोलाउने विषयमा पनि ओली पक्षीय स्थायी कमिटी बैठकको निष्कर्ष छ ।