पशुपतिमा सुनको जलहरी तत्काल नराख्न आदेश

199

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिंगमा सुनको जलहरी तत्काल नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नर्गन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिंगमा आजै पूजाआरधाना गरी १ सय ८ किलोको सुनको जलहरी अनावरण गरेकी थिइन् ।

आदेशमा भनिएको छ, “पशुपतिनाथको मन्दिरको महत्व, संवेदनशीलता र प्रचीन स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्थाको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणबाट छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु/नगराउनू ।”

Share This:
सम्बन्धित खबर
Loading...