काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन दिएको छ ।
सो पक्षको संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन खादेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन् ।
उपलब्ध सांसदहरुको बैठकमा अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्छ, त्यसैले उपत्यकामा रहेका सांसदहरुलाई अति आवश्यकवाहेक जानकारी गराएर मात्र बाहिर जानुहोल भनेर निर्देशन दिएको नेतृ राम कुमारी झाँक्रीले बताइन् ।