सर्वोच्चको फैसला अलोकतान्त्रिक असंवैधानिक कदमको अन्त्य : देवेन्द्र पौडेल

240
  • थम्मन थापा

स्याङजा । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

सर्वोच्चद्वारा संसद पुनः स्थापना भएपछि स्याङजामा आयोजित विजय जुलुसलाई सम्बोधन गर्दै पौडेलले संविधानमाथि निर्मम प्रहार गर्ने प्रधानमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताए । ‘नेपाली जनतालाई कतै सर्वोच्चले संविधानको रक्षा नगर्ने हो कि भन्ने आशंका पैदा भएको थियो,’ पौडेलले भने, ‘तर आज जनता र संधिवानको पक्षमा न्यायालयले फैसला गरेको छ ।’ नेपाली जनताले दिएको दुई तिहाइ मतमा प्रधानमन्त्री ओलीले आगो लगाएपनि सर्वोच्चले त्यसलाई जल्नबाट बचाएको भन्दै न्यायकर्मीलाई बधाइ दिएका छन् ।

उनले सर्वोच्च अदालतले आफ्नो धर्म निभाएको र यो जनताको जित भएको उल्लेख गरे । प्रधानमन्त्रीको अलोकतान्त्रितक र असंवैधानिक कदम अन्त्य भएको छ । अब संविधान रक्षा भएको भन्दै पौडेलले खुसी समेत व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...