काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्ने निर्णय गरेलगत्तै ट्वीट गर्दै अध्यक्ष नेपालले अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।
उनले प्रतिनिधिसभा पुनः स्थापनाको आन्दोलनमा सक्रिय जनता, आन्दोलनरत दलहरु, नागरिक समाज, मिडियाका अदालतलाई धन्यवाद दिएका छन् ।
सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) February 23, 2021