पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अस्पतालबाट ट्वीट : ‘सर्वोच्चले लोकतन्त्र रक्षा गरेको सुन्दा रोगै हराए झैँ भो’

258

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

उपचारका क्रममा नयाँदिल्लीमा रहेका अध्यक्ष भट्टराईले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको सुन्दा रोग पनि हराएझैँ लागेको बताएका छन् ।

 

उनले ट्वीट गरेका छन्, ‘कस्तो सुखद संयोग । अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दु मिथकको भष्मासुरलाई बिष्णुले मोहिनीरूप धारण गरेर वध गरे झैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैँ भो ।

Share This:
सम्बन्धित खबर
Loading...