थप ११० मा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्य

122

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार २ सय १८ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय १० जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ । यीमध्ये १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय २ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय २ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ६८ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा ४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयकाअनुसार मृत्यु भएका ४ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...