श्रीलंकाका फास्ट बलर लाहिरु कुमारालाई कोरोना संक्रमण

164

एजेन्सी । श्रीलंकाका तीव्र गतिका बलर लाहिरु कुमारालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

श्रीलंका क्रिकेट बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै लाहिरु कुमारालाई कोभिड–१९ भएको जानकारी गराएको हो ।

“हिजो पिसिआर परीक्षणको क्रममा उनलाई कोरोना पाइएको हो ।” विज्ञप्तिमा भनिएको छ, “पहिचान भएपछि लाहिरु कुमारालाई कोभिड–१९ मा सरकारको स्वास्थ्य प्रोटोकलअनुसार गर्न निर्देशन दिएको छ । निर्धारित स्वास्थ्य प्रोटोकल पालन गर्दै श्रीलंका क्रिकेट सामान्य अपरेशनहरुको साथ जारी रहनेछ ।”

श्रीलंकाले वेष्ट इन्डिज भ्रमणका क्रममा तीन–तीन खेलको टी–२० र एकदिवसीय क्रिकेट (३ मार्चदेखि १४ मार्चसम्म) खेल्दै सुरु गर्नेछ भने २१ मार्चदेखि दुई टेष्टको सिरिज सुरू हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...