चितुवाको छालासहित तीन जना पक्राउ

194

बाँके । चितुवाको छालासहित ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले आइतबार राति १० बजेतिर राप्तीसोनारी गाँउपालिका वडा नम्बर १ कुसुम स्थित सडक खण्डबाट ओसारपोसारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

राप्तीसोनारी गाँउपालिकाको वडा क्षेत्र हुँदै चितुवाको छालाको ओसारपोसार भइरहेको भन्ने सूचनाका आधारमा राप्तीसोनारी गाँउपालिका वडा नम्बर १ कुसुम स्थित सडक खण्डमा चेकजाँच गर्दा जित बहादुर डिसीले बोकेको कालो रंगको एचपी लेखेको झोला भित्र रहेको दुई (२) थान चितुवाको छाला फेला पारी नियन्त्रणमा लिएकाे हो ।

पक्राउ पर्नेहरुमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानीका ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-२ मर्म पोडीकाराका २४ वर्षीय हेल्थ असिस्टेन्ट हिमेन्द्र वली र सोही गाउँपालिका-७ जिमालीका २१ वर्षीय कमल डिसी रहेका छन् ।

नियन्त्रणमा लिइएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...