टी–२० सिरिज : न्युजिल्यान्डको विजयी सुरुवात, अष्ट्रेलिया ५३ रनले पराजित

230

क्रिसचर्च । अष्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा न्युजिल्यान्ड विजयी भएको छ । सोमबार भएको खेलमा अष्ट्रेलियालाई ५३ रनले हराउदै पाँच खेलको टी–२० सिरिजमा १–० अग्रता लिएको छ ।

क्रिसचर्चमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।

न्युनिलयान्डका लागि डेवोन कोनवेले अविजित ९९ रनको योगदान गरे । सुरुवाती तीन विकेट सस्तैमा गुमएको न्युजिल्यान्डको पारी उकास्न कोनवेले ५९ बलमा ३ छक्का र १० चौकाको मद्धतमा ९९ रन बनाए । यस्तै, ग्लेन फिलिप्सले २० तथा जेम्स निसमले २६ रन जोडे ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका मिचेल मार्शले ४५, एस्टोन अगरले २३, एडम जाम्पाले १३ तथा म्याथ्यू वेडले १२ रन बनाए ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका इश सोधीले ४ तथा टिम साउथी र ट्रेन्ट बोल्टले समान दुई–दुई विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...